August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

टोखामा एक युवकको शव फेला

सांकेतिक तस्वीर

काठमाडौं, काठमाडौंको टोखा नगरपालिका-१ मा शनिबार बिहान एक युवकको शव फेला परेको छ । टोखास्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काका अनुसार उक्त शवको साथबाट मोरङ्गमा बेलबारी स्थायी ठेगाना र वर्ष २५ को आशिष लिम्बुको नाम रहेको परिचयपत्र फेला परेको छ ।

उनको शरिरमा निलडाम र मुखबाट रगत बगेको अवस्थामा शव भेटिएको हुनाले हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ । 

शीर्ष समाचार

धेरै पढिएको