August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

आज मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, पश्चिमी वायुको प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने छ । आइतबारदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना रहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको