September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

पेरिसडाँडामा जसपा र माओवादी केन्द्रका नेताबीच छलफल जारी

काठमाडौं, जनता समाजवादी पार्टी र माओवादी केन्द्रका नेता बीच पेरिसडाँडामा छलफल जारी छ ।

सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्त ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायत पेरिसडाँडा पुगेका हुन् ।

माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन् । यसअघि जसपाले शुक्रबार कांग्रेससँग छलफल गरेको थियो ।