June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

मकवानपुरमा बस र ट्रक आपसमा ठोक्किदा तीनको मृत्यु, १० जना घाइते

मकवानपुर, पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रिबस र ट्रक ठक्कर खाई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दश जना घाइते भएका छन् ।

शनिबार हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक सहित ३ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । मृत्यु हुनेमा बस चालक वीरगन्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारतीय नागरिकहरु अभयलाल कुश्वाह र सुनिल कुमार रहेका छन् ।

बस चालक थापाको र सुनिल कुमारको चितवन स्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुको हेटौंडा र भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको