September 25, 2021, Saturday
२०७८ आश्विन १०, आईतवार

प्रधानमन्त्रीओलीद्वारा पार्टीको महाधिवेशन मिति ताेकियाे, विदेश विभाग प्रमुखमा राजन भट्टराई

काठमाडौं, नेकपा (एमाले) को आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । त्यस्तै, आजको बैठकले विदेश विभाग प्रमुखमा माधव कुमार नेपाललाई हटाएर डा. राजन भट्टराईलाई उक्त जिम्मेवारी दिईएको छ।

नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलसहित २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । र, पार्टीको प्रवक्तामा प्रदीप कुमार ज्ञवालीलाई तोकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको