March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पुन ४८ जना काेराेना संक्रमित थपिए

काठमाडौं, नेपालमा गएको २४ घण्टामा ४८ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ४८ जनामा काेराेना पुष्टि भएको र ६१ जना सङ्क्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै यो सङ्क्रमितसँगैनेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ हालसम्म नेपालमा २ लाख ७१ हजार १७७ जना काेराेना संक्रमित डिस्चार्ज भ‌सकेकाे छ।

हालसम्म २२ लाख १० हजार ४३४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ३ हजार १२ जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको