
नेकपाकाे बैठक फेरि साेमबार बस्ने भएको छ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक स्थगित गरि अझै थप परामर्श गर्नुपर्ने भनिएकाे छ । नेकपाभित्र सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएकाे बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।
प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको छ ।ओलीले आफ्नो सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल बढेको अभिव्यक्ति दिएपछि जारी स्थायी समिति बैठकमा ओलीको चर्को आलोचना भएको थियो भने उनको प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा समेत माग गरिएको थियाे ।





