August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

चार हजार बढिकाे परिक्षण गर्दा ९७ जना काेराेना संक्रमित थपिए

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा संक्रमित थपिएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७०जना पुगेको छ । त्यसैगरी पछिल्लो चौबीस घण्टामा ६६ जना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म दुई लाख ७१ हजार ११६ जना सङ्क्रमित निको भैसकेका छन् ।हालसम्म २२ लाख ७ हजार ९२२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको काे मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको