March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

महाशिवरात्रिकाे रमाइलो संगै पशुपति मन्दिरमा देखिएको दृश्य

काठमाडौं-आज महाशिवरात्रिकाे महत्त्वपूर्ण पर्व रहेकाे अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम भए पनि भक्तजनहरु मास्क लगाई सुरक्षा रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा पुगेका छन्।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्ममा नै करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरिसकेका छन् भने साँझसम्म ५ लाख भन्दा बढि भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा घनश्याम खतिवडाकाे भनाइ छ ।

बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको