August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

दैलेखबस दुर्घटना : दुइकाे मृत्यु ७ जना गम्भीर घाइते,नामावली सहित

कालीकोट, कालीकोट सदरमुकाम मान्मवाट सर्खुेतका लागि छुटेको देउती नागरिक यातायातको माईक्रोबस दैलेखको आठबिस नगरपालिका वडा नं १ को सियालाघाटमा भदुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा परी १६ जना घाईते भएका छन । एक जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मध्य सात जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटना परी घटना स्थलमै मृत्यु हुनेमा कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका दुईका वर्ष ३८ का जितेन्द्र शाही रहनु भएको छ भने उपचारका क्रममा कालीकोट नरहरीनाथ गाउँपालिका वडा नं ९ का वर्ष २१ का कमल बिक रहेका छन् । गाडीमा १८ जना रहेको र केही सामान्य घाइते भएका छन् भने ७ जनाको अवस्था भने गम्भीर रहेकाे छ । उनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ । घाईते हुने अधिकांश कालीकोटका रहेकाे बुझिएको छ ।

दुर्घटनामा पर्नेहरु कालीकोटको खाँडाचक्र नगरपालिकाका लेखापाल धिरवहादुर शाही, कालीकोटकै तर्कराज शाही, कुसि शाही, बिवेश शाही, कलेन्द्र शाही, दुर्गवहादुर शाही, धिरेन्द्र शाही, दिलवहादुर रोकाया, भरत शाही, तिर्थराज शाही, अर्का तिर्थराज शाही रहेका छन् । यस्तै दाङका रमेश चौधरी, र जुम्लाका नरवहादुर शाही पनि घाईते हुनुभएको छ ।

सामान्य घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । गाडी सडकवाट करिव दुई सय मिटर तल खसेको थियाे । कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्वरको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ । गाडीमा कालीकोट जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरी समेत सभार थिए ।

शीर्ष समाचार

धेरै पढिएको