August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

निर्वाचनका लागि तयार रहन ईश्वर पोखरेलको आग्रह

काठमाडौं, उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।  उनले भने,“निर्वाचनका लागि तयार हुन  म आम मतदाता समक्ष आग्रह गर्दछु ।” 

बिहीवार प्रेस सेन्टर पर्साद्वारा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नब ताजा जनादेशमै जानुपर्नेमा जोड दिएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे ।  

उनले दलको नामबारे  अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्‍याए पनि  पार्टीबीचको एकता र  पार्टीका नेताकार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ एमाले अगाडि बढेको जानकारी दिएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको