August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

आजको प्रतिनिधिसभा बैठकमा पनि नबसी फर्किए प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ‌ओली आजको प्रतिनिधिसभा बैठकमा पनि नबसी फर्किएका छन् । समयमै संसद् बैठक सुरु नभएको भन्दै संसद् भवन नयाँ बानेश्वरमा झन्डै १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् ।

बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला उनि बाहिरिएका हुन् । यसअघि २३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको