April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

माओवादी केन्द्रले तत्कालै सरकारलाई नछाड्ने

file photo

काठमाडौं, नेकपा माओवादी केन्द्रले तत्कालै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्नै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको बताएका हुन् ।

उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे थप निर्णय गरेका छैनौँ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले नैतिकतामा आधारमा र सर्वोच्चको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। अन्य दलसँग सहमति गरेर एउटा निष्कर्षमा पुग्नका लागि हामीले गृहकार्य गरिरहेका छौँ।’

उनले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमलाई सच्याएर संविधानलाई लिकमा ल्याउने काम भएको बताउँदै संसदले दुई वर्ष काम गर्न पाउनुपर्छ भन्नेमा आफूहरु रहेको बताएका छन् ।

‘संसद् दुईवर्ष चल्नुपर्छ, यो संसदले सरकार दिनुपर्छ’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसैले हामीले प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षी दलहरुसँग सरकार गठनबारे वार्ता गरिरहेका छौँ । अन्य विकल्पलाई पनि खुला राखेका छौँ ।’

शीर्ष समाचार

धेरै पढिएको