
गोरखा अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । पालुङटार नगरपालिका-७ निवासी उहाँ मङ्गलबार मात्र कतारबाट नेपाल फर्कनुभएको थियो ।
मधुमेह, उच्च रक्तचापलगायतका दीर्घरोगीसमेत रहेका उनलाई गाह्राे भएपछि शुक्रबार राति १० बजे जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । उपचारको क्रममा शनिबार बिहान ५ बजे उनकाे मृत्यु भएको जिल्ला अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नवीन थापाले सञ्चार माध्यम लाई जानकारी गराएका छन् ।







