August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

प्रतिनिधि सभा बैठकअघि सभामुख सापकोटाले गरे आन्तरिक परामर्श

file photo

काठमाडौं, प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको पहिलो दिनमै बैठक सांसदहरुले अवरुद्ध र बहिस्कार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आन्तरिक परामर्श गरेका छन् ।

सभामुख सापकोटाले दलका नेताहरुसँग संसद सहज ढंगले चलाउने विषयमा कुराकानी गरेको सभामुखको सचिवालयले जनाएको छ ।

शून्य समयको व्यवस्था गर्दै शीर्ष नेताहरुलाई बोल्न समय छुट्याएर सहजै संसद सुचारु गर्ने पक्षमा सभामुख लागेको बताइएको छ । पहिलो दिन कार्यसूचीप्रति आपत्ति जनाउदै सांसदहरुले बैठक बहिस्कार र अवरुद्ध गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको