April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै छ । बुधबार बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटना क्रमका बारेमा केन्द्रित हुने बताइएको छ ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सरकार गठन, पार्टीको आन्तरिक संगठनका विषयमा छलफल हुने छ ।

यस्तै मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्प कमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको