July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुको कृष्णनगरमा बजार अनुगमन

कपिलबस्तु फागुन २५ गते , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुको कृष्णनगरमा बजार अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा कृष्णनगर बजारमा अधिकांश होटल तथा मिठाई पसल विना दर्ता संचालन भएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख शिव शंकर मिश्रले बताए ।

उनका अनुसार सो क्षेत्रमा एक दर्जन भन्दा बढी होटल, रेष्टुरेण्ट र किरना पसलमा अनुगमन गरिएको बताए । किरना पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको प्रमुख मिश्रले बताए । अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरु सँगै लेबल नभएको मशाला जस्ता वस्तुहरु फेला पारी जफत गरीएको उनले बताए ।

बजार अनुगमनको क्रममा दर्ता विना सञ्चालनमा रहेको होटल, किरना पसललाई एक हप्ता भित्र दर्ता गरि सञ्चालन गर्ने निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका प्रमुख कालिदास बस्यालले बताउनु भयो । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका लेखा अधिकृत शेखर आचार्य, कृष्णनगर नगरपालिकाका कर्मचारी प्रहरी लगायतको सहभागिता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको