August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

कपिलवस्तुमा तेस्रो नगर स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन

कपिलवस्तु, जिल्लामा आज तेस्रो नगर स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ को उद्घाटन भएको छ । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहको अध्यक्ष्यता र नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपकुमार उपाध्यायको प्रमुख आतिथ्यता सो कार्यक्रम मंगलबार सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यायले नेपाललाई अहिले खेल र खेलाडीले गर्दा विश्वले चिनिरहेको बताए । उनले भने, “खेल भनेको हारजित भन्दा पनि निरन्तर आफूले अभ्यास गरेर अगाडी बढ्ने कुरा हो । जसले विद्यालयको नाम जिल्लाको नाम र भोलि गएर देशको नाम उजागर गर्छ ।” उनले थपे, “हाम्रा युवा तथा बालबालिकाहरुमा लुकेर रहेका अन्तर्रनिहित प्रतिभाहरुलाई प्रस्फूटन गराई त्यसको संरक्षण र प्रवर्धन गर्नका लागि अभिभावक तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले ध्यान दिन आवश्यक छ ।”

कार्यक्रमा कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मी गुप्ताको शुभकामना मन्तव्य रहेको थियो भने विभिन्न वडाका अध्यक्ष्य, कपिलवस्तु नगरपालिकाका पदाधिकारीहरु तथा विभिन्न् मिडियाका सञ्चारकर्मिहरुको पनि उपस्तिथी रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको