April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान

काठमाडौं, नेकपा सर्वोच्च अदालतले आइतबार नेकपा एकीकरण खारेजको फैसला गरेपछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन निर्वाचन आयोगले आह्वान गर्ने भएको छ ।

आज बसेको निर्वाचन आयोगको बैठकले सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज भएकाले एकीकरण गर्ने भए पुन: निवेदन दिनका लागि जानकारी दिने निर्णय गरेको हो ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावदी २०७४ विपरीत नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गर्नुपर्ने पनि बताएको छ ।

त्यस्तै केन्द्रीय समितिको निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जानकारी दिने निर्वाचन  आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


शीर्ष समाचार

धेरै पढिएको