April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेपाली कांग्रेस र जसपासँगको छलफलमा माओवादीको मुख्य जोड

काठमाडौं, नेकपा माओवादी केन्द्रले सरकार र सदन सञ्चालनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गर्ने भएको छ ।

मंगलबार पार्टी मुख्यालयमा बसेको पार्टीको स्थायी समिति बैठकले फागुन २९ गते केन्द्रीय कमिटी बैठक तथा चैत १ गते गते प्रशिक्षण भेला बोलाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताएका छन् । उनले भने, ‘हामीले एमालेसँग पनि छलफल जारी राखेका छौँ । तर, अहिले मुख्य जोड नेपाली कांग्रेस र जसपासँगको छलफलमा छ,’ श्रेष्ठले भने ।

शीर्ष समाचार

धेरै पढिएको