July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, ६० जना डिस्चार्ज

काठमाडौं, मंगलबार नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ६० जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या ५६ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको