July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

म्याग्दीका पूर्वसभापति खड्काको निधन

म्याग्दी, नेपाली काँग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्र बहादुर खड्काको  ८० वर्षका उमेरमा निधन भएको छ ।

बेनी नगरपालिका–८ सङ्गम चोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।

अकस्मात् बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको काँग्रेस म्याग्दीले जनाएको छ । उनी गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत हुनुभएको थियो ।

उनी मुटुसम्बन्धी रोगको औषधि सेवन गर्थे । काँग्रेस म्याग्दीका प्रवक्ता अजय मिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बनेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको