August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

सैन्य अभ्यासका क्रममा उडाइएको सेनाको प्याराग्लाईडिङ दुर्घटना 

काठमाडौं, सेना दिवसका लागी सैन्य अभ्यासको  क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको छ । टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ल्याण्ड भएको हो ।

सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बहिर खस्दा खसेको हो । सेना दिवसको दिन सैनिक कला देखाउनका लागि हाल नेपाली सेनाले टुँडीखेलमा अभ्यास गरिरहेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुर्घटनामा परि घाइते भएका तीन जना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ भने उनीहरुको अवस्था सामान्य रहेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको