August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, ओली नेतृत्वलाई दिएको समर्थनबारे छलफल हुने

काठमाडौं, नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि सो बैठक बोलाइएको हो ।

बैठकमा स्थायी समिति सदस्यहरुलाई उपस्थित हुन खवर गरिएको छ भने आजको बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने बारे छलफल हुने नेकपा माओवादी स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले आइतबार पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेकपालाई खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै फर्किएसँगै प्रहिलो पटक स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको