
काठमाडौं, यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेबोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताएका छन् । यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।
यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित विद्यालयले नै लिने गरी जिम्मा लगाइएको छ ।







