July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

कोमल वलीले रघुजी पन्तविरुद्ध दायर गरिन मानहानीको मुद्दा

काठमाडौं, राष्ट्रिय सभा सदस्य कोमल वलीले मंगलबार नेकपा एमालेका नेता रघुजी पन्तले आफ्नो मानहानी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी छिन् । उनले आज काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी कसुरमा पन्तविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

उनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी छन् । वलीले फिरादपत्रमा मुलुकी अपराध सहिंता २०७४ को दफा ३०५(१), (२)(क) बमोजिम कसुर गरेको दाबी गर्दै पन्तलाई दफा ३०७(१) बमोजिम सजाय हुनुपर्ने मागसमेत गरेकी छिन् ।

नेता रघुजी पन्तले फागुन १५ गते सामाखुसीमा आयोजित एक कार्यक्रममा वलीबारे विवादित टिप्पणी गरेका थिए । उनले वलीले योगदानबिना नै राष्ट्रिय सभासम्मको यात्रा गरेको बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको