August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

नेकपा बोर्ड हटाएर धुम्बाराहीको केन्द्रीय मूख्यालयमा राखियो एमालेको बोर्ड

काठमाडौं, सर्वोच्च अदालतले आइतबार नेकपाको एकीकरण खारेज गरेपछि एमाले र माओवादी केन्द्र ब्यूँताइदिएसँगै धुम्बाराहीको केन्द्रीय मूख्यालयमा एमालेको बोर्ड राखिएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको पार्टी सचिवालयले जनाइएको छ ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । अदालतको फैसलाबाट ओली पक्षधर नेता तथा कार्यकर्ताले सोमबारनै काभ्रे, नुवाकोटलगायत देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको