August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

धादिङको बेनीघाटमा ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

धादिङ, धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा ट्रक दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो ।

उक्त दुर्घटनामा परि मृत्यु हेनेमा काभ्रेका बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही स्थानमा घर भएका सहचालक २८ वर्षीय समुन सञ्जेरल रहेका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार जानकारी दुवैको ट्रकले थिचिएर मृत्यु भएको थियो भने दुर्घटना हुनुको वास्तविक कारण खुल्न बाँकी छ । हाल दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।


इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको टोलीले शव निकाली पोस्टमार्टममा लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको पनि प्रहरी स्रोतले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको