August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

कञ्चनपुरमा चितुवाको बिगबिगी, दुई सातामै एक दर्जनभन्दा बढी जनावर चितुवाले खायो

कञ्चनपुर, कञ्चनपुरमा चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित बनेका छन् । गाउँनजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीयका गोठमा बाँधेका जनावर खान थालेको छ ।

घरपालुवा जनावर बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताएका छन् । उनका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ ।

‘गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी राखेको छैन’, उनले भने, ‘राति कुन बेला आउँछ, पत्तो लाग्दैन । सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्छौँ ।’

सोमबार राति मात्रै रु ३५ हजारमा खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको