March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना डिस्चार्ज

काठमाडौं, सोमबार नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ९२७ पुगेको छ ।

देशभर आज सक्रिय संक्रमितको संख्या ८७२ रहेका छन् भने क्वारेन्टिनमा ५५ जना मात्र छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको