August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

पेरिसडाँडामा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक जारी

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको हो । 

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको हो । 

आजको उक्त बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गर्ने प्रचण्ड-नेपालनिकट स्रोतले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको