April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

सर्वोच्चको फैसलाले वैज्ञानिक आधारमा एकता गर्ने ढोका खोलिदिएको छ: पराष्ट्रमन्त्री ज्ञवाली

file photo

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले पूर्व एमाले र पूर्व माओवादीबीच वैज्ञानिक ढंगले पुनः एकता गर्ने अवसर मिलेको प्रतिक्रिया दिएका छन् ।

ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता दिने सर्वोच्चको फैसलापछि आइतबार पत्रकारसँग बोल्दै मन्त्री ज्ञवालीले पूर्व माओवादी र पूर्व एमालेबीच पुरानो स्थितिबाट माथि उठेर एकता गर्ने अवसर मिलेको बताएका हुन् ।

“पार्टीहरु एकीकरणपूर्वको अर्थात २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुगेका छन्। यसले वैज्ञानिक र ठोस आधारमा नयाँ ढंगबाट एकता गर्ने ढोका खोलिदिएको छ। त्यो नेकपाको वर्तमान विवादलाई सकारात्मक ढंगबाट समाधान गर्न सहयोगी बन्ने विश्वास छ।’’, ज्ञवालीले भने ।

शीर्ष समाचार

धेरै पढिएको