
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या १५ हजार २५९ जना पुगेका छन् । जसमध्ये आजमात्रै ७४० जना नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरी डिस्चार्ज हुनेकाे संख्या ६ हजार १४३ रहेका छन् जसमध्ये शुक्रबार मात्रै ८२३ जना डिस्चार्ज भएको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार आज थप १ जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेकाे संख्या ३२ जना पुगेकाे छ आज कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
देशभर काेराना भाइरस संक्रमित भैसकेकाे छ ७७ जिल्ला मध्य राैतहटमा बढि संक्रमित देखिएकाे छ ।





