April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

संसद् पुनःस्थापनाले हरेक पार्टीभित्र विवाद र गुटबन्दी: मुख्यमन्त्री गुरुङ

file photo

कास्की, पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका छन् ।

प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको रु ७५ लाख तीन हजार ५७३ (भ्याट बाहेक) लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले संसद् पुनःस्थापनाले कांग्रेस, जनता समाजवादीलगायत हरेक पार्टीभित्र विवाद र गुटबन्दी देखिएको बताएका हुन् ।

उनले भने, “संसद् पुनःस्थापनाले कांग्रेस, जनता समाजवादीलगायत हरेक पार्टीभित्र विवाद र गुटबन्दी देखिएको छ । हरेक पार्टीभित्र विवाद शुरु भएको छ । चुनावमा जानुपर्दछ भन्ने सिफारिस सर्र्वोच्चले उल्टाइदिएर हामीलाई मन नपरे पनि न्यायपालिकाको निर्णयलाई शिरोधार्य गरेर कार्यान्वयन गर्न सरकार लागि परेको छ ।”

नेपाल कम्युनिष्ट पार्टी नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले भावनात्मकरुपमा फुटेको पार्टीलाई जुटाउन सकिन्छ की भनेर आफूहरूले विकल्प खोजी गरिरहेको जानकारी दिए । उनले भने, “मुलुकको अस्थिरता अन्त्यका लागि ६४ प्रतिशत बहुमत प्राप्त नेकपाको सरकारलाई एकताबद्ध बनाएर स्थिरताको प्रत्याभूति दिन सबैले आवाज उठाउनुपर्दछ ।”

शीर्ष समाचार

धेरै पढिएको