March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नेकपा विवादमा छिटो निर्णय लिन आयोगलाई प्रचण्ड-नेपाल समूहको दबाब

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानका लागि प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई दबाब दिएको छ ।

आज निर्वाचन आयोग कार्यालयमै पुगेर पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय बुझाउँदै नेकपा नेताले छिटो निर्णय लिन आग्रह गरेका हुन् । 

पार्टीको आधिकारिकता दाबी गर्दै आएको प्रचण्ड-नेपाल समूहको बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले विवाद तत्काल समाधान गर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय लिएर बिहीबार प्रचण्ड-नेपाल समूहका नेता लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेता आयोग कार्यालय पुगेका हुन् । 

शीर्ष समाचार

धेरै पढिएको