April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

सरकार र विप्लवबिच ऐतिहासिक सहमति र सम्झौता भयो: गृहमन्त्री बादल

file photo

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबीच ऐतिहासिक सहमति र सम्झौता भएको दाबी गरेका छन् ।

सरकारी र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएपछि उनले सामाजिक सञ्जाल  फेसबुकमार्फत यस्तो बताएका हुन् ।

नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफल भई सकारात्मक परिणाम आउन सफल भएको उनले दाबी गरेका छन् ।

उनले भनेका छन् ,‘यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई । सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ, अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौं।’

सो वार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको