April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

देशलाई सङ्कटबाट पार लगाउने जिम्मेवारी कसले लिने?: नेता पौडेल

  • 8
    Shares
file photo

चितवन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् ।

बिहिवार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताएका हुन् ।

उनले भने, “कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ।”

प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको जनाउँदै उनले प्रधानमन्त्री हुनबाट उनलाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताए ।

उनले भन्नुभयो “अहिलेको स्थिति नाजुक छ, सङ्कटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? कांग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन ।”

पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने बताउँदै उनले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अबस्था देखिएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको