
काठमाडौं – पछिल्लो समयमा नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे विवाद चुलिदै गएपछि यसकाे समाधानका लागि दुई अध्यक्ष केपी शर्मा वलि र अर्का अध्यक्ष प्रचण्डलाई दिइएको छ । बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको हाे । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद बढ्न थालेपछि बैठकले यो जिम्मेवारी दिएको थियोे ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना अध्यक्ष छलफल गरी टुङ्गोमा लागेपछि मात्र अर्को बैठक बस्ने जानकारी दिए । छलफलमा अन्य सचिवालयका सदस्यले समेत सहभागी हुनसक्ने छन् ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा कार्यसूचीभन्दा फरक विषयमा बहस हुन थालेपछि पार्टी एकतामा नै असर पर्ने देखिएको हुनाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल गरेर अर्को बैठक शनिबार बस्ने भएको छ । सो अनुुसार शुक्रबार दिनभरि शीर्ष नेताको बीचमा छलफल हुन्छ र त्यसबाट निस्केको निष्कर्षसहित शनिबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने छ ।





