April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज

  • 7
    Shares

काठमाडौं, बुधबार नेपालमा ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ३ सय ९९ परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ । गत २४ घण्टामा थप ६२ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० रहेको छ । हाल देशभर २१ लाख ७३ हजार ५ सय ११ नमुनाको पीसीआर परीक्षण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको