April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

भोलि देशभरका सबै अदालत बन्द हुने

  • 12
    Shares

काठमाडौं, भोलि बिहिबार देशभरका सबै अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतले आज एक विज्ञपति जारी गर्दै सो जानकारी दिएको हो ।

सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा दिइएको छ ।

९० वर्षीय सिंहको मंगलबार राति काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो । उनी २०५२ असोजदेखि २०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधिश रहेका थिए । निर्भिक न्यायाधीशको रुपमा परिचित सिंहले आफ्नो समयमा धेरै चर्चित फैसलाहरु गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको