April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

प्रधानमन्त्री हुने अवसर पाए भाग्नेवाला छैन: सभापति देउवा

  • 3
    Shares

चितवन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रधानमन्त्री हुने अवसर पायो भने जिम्मेवारी लिने बताएका छन् ।

उनले बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले प्रधानमन्त्री पद नमागेकोसमेत उनले बताएका हुन् ।

उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन । ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’ सभापति देउवाले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाएको भन्दै जवाफमा उनले शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न पनि आग्रह गरे ।

शीर्ष समाचार

धेरै पढिएको