April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठक सकियो, हितविपरीत गतिविधि गर्नेलाई निलम्बन

  • 13
    Shares

काठमाडौं, नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विभिन्न निर्णय गर्दै बैठक सकिएको हो ।

बैठकले संसदीय दलको नेता तथा उपनेता हटाउनुका साथै पार्टी हितविपरीत गतिविधि गर्नेहरुलाई निलम्बनको घोषणा गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बल, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई आफूहरुले गुम्न नदिने बताएका छन् ।

यस्तै उनले आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने बताए ।

शीर्ष समाचार

धेरै पढिएको