April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध निगमअगाडि विरोध प्रदर्शन

काठमाडौं, पेट्रोलियम पदार्थमा पटकपटक गरिएको मूल्यवृद्धिकाविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।


बुधबार संयुक्त विद्यार्थी संगठनको नेतृत्वमा उनीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुलेे बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको हो ।

शीर्ष समाचार

धेरै पढिएको