April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

प्रचण्ड-नेपाल पक्षद्वारा ओली समूहमा सक्रिय ६ जना नेतालाई कारबाही

  • 14
    Shares
file photo

काठमाडौं, नेकपा प्रचण्ड-नेपाल समूहले ओली समूहमा सक्रिय ६ जना नेतालाई बुधबार कारबाही गरेको छ ।

नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिएका छन् ।

उनका अनुसार आजको बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको छ । पार्टीको हित विपरीत गतिविधि गरेकाले उनीहरुलाई कारबाही गरेको प्रचण्ड-माधव समूहको भनाइ छ ।

यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो

शीर्ष समाचार

धेरै पढिएको