April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

पशुपतिमा एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेबाट शुरु हुने

  • 2
    Shares

काठमाडौं, पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाका अनुसार कोरोना संक्रमण जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको हो ।

हाललाई रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको