
बारा – बारामा बिहीबार बिहान चट्याङले गर्दा ४ जनाको ज्यान गएको छ । चट्याङ लागेर ज्यान गुमाएका मृतकको परिवारलाई प्रदेश न.२ सरकारले १ लाख रुपैंया राहत दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको आकस्मिक बैठक बस्दै प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने , बारामा बिहीबार बिहान चट्याङ लागेर ४ जना महिलाले ज्यान गुमाएको दुखद खबर आउने बित्तिकै आकस्मिक बैठक बसेर मृतकका प्रत्येक परिवारलाई एक एक लाख रुपैंया राहत स्वरुप दिने निर्णय भएको छ, मृतक सबैप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको थियो ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षिय आशादेवी महतो, ४५ वर्षिय हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ की ३० वर्षिय इन्दुदेवी महतो र ४० वर्षिय सुनारपतीदेवी महतो रहेका छन् । उनीहरु चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।






