April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

जिपको ठक्करबाट सहपाठीको मृत्यु, विद्यार्थीद्वारा सडक अवरुद्ध गरि प्रदर्शन

  • 1
    Share

काठमाडौं, जिपको ठक्करबाट सहपाठीको मृत्यु भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीहरुले  जावलाखेलमा सडक अवरुद्ध पारेका छन् । दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै उनीहरु बुधबार प्रदर्शनमा उत्रिएका हुन् ।

सोही क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया अञ्जु दाहाललाई बुधबार बिहान नक्खु, बागडोलमा जिपले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । बिहान ६ बजेतिर स १ ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि जिपले उनलाई ‘ब्याक’ गरेर मारेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जिप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जिप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको