April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गरौं: बाबुराम भट्टराई

  • 4
    Shares

काठमाडौं, पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

स्वास्थ्य उपचार गरेर दश दिनपछि मंगलबार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका हुन् । उनले दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो।यसो गरौं न: १.ऐलेको समस्याको जरो०६५/६६पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive&Forgetको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं:.

अ)TRCलगायत शान्तिप्रक्रियाका बाॅकी काम पूरागरौं;आ)सहमतिले संविधान संशोधन गरौं;इ)संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅ;ई)समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौं;उ)विश्व/छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यत: भारत/चीन/अमेरिकासंग असल सम्बन्ध बनाऊॅ!

शीर्ष समाचार

धेरै पढिएको