April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सरकार र विप्लवबिच वार्ता जारी

काठमाडौं, नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीबीच आज काठमाडौँमा औपचारिक वार्ता सुरु भएको छ ।

निकट स्रोतका अनुसार वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेका थिए ।  सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ ।

विप्लवले मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको