April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

प्रचण्ड-नेपाल समुहको केन्द्रिय समिति बैठक आज बस्दै 

  • 7
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहकोे केन्द्रीय समिति बैठक आज बस्दैछ । आजको बैठकमा प्रतिनिधि सभा पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।


संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेपछि दाहाल-नेपाल समूह नयाँ सरकार गठनका लागि अन्य दलसँग समीकरण निर्माणको कोसिसमा छ ।

आजको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको छ । राजनीतिक रूपमा नेकपा विभाजित भए पनि निर्वाचन आयोग अझै अनिर्णित बनेकाले कुन दल आधिकारिक भन्ने अन्योल कायमै छ ।

शीर्ष समाचार

धेरै पढिएको